- Loading...
फर्साटिकरमा व्यापारीक मेलाको आयोजना
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

गाउँमा भएका उत्पादनलाई शहरसंग जोड्नको लागि फर्साटिकरमा व्यापारीक मेलाको आयोजना गरिएको छ । रुपन्देहीको पश्चिम क्षेत्रमा पर्ने पुरानो बजार सौँ फर्साटिकरमा ग्रामिण क्षेत्रको उत्पादनलाई प्रवद्र्धन गर्न सौं फर्साटिकर व्यापार संघले पहिलो पटक प्रथम राष्ट्रिय शुद्धोधन कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको आयोजना गरेको हो । शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार भन्ने नाराका साथ मेला बिहीबारदेखि सुरु हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । सौं फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले गामिण अर्थतन्त्रलाई चलायमान बनाउदै गामिण उत्पादनलाई बजारीकरण गर्न मेला गर्न लागिएको बताउनुभएको छ । सोही मेलामा १ सय २१ वटा स्टल रहने आयोजकले बताएको छ । मेलालाई सफल बनाउन प्रदेशको उद्योग पर्यटन मन्त्रालय, रुपन्देही व्यापार संघसहित सुद्धोधन गाउँपालिकासँग सहकार्य गरेका छन । उक्त मेलापछि ग्रामिण क्षेत्रको उदाउदो बजार फर्साटिकरको विकासमा टेवा पुग्ने आयोजकको दावी छ । मेलामा एक लाख दर्शक तथा एक करोड मुल्य बराबरको कारोवार गरिने लक्ष्य लिइएको संघका उपाध्यक्ष अर्जुन थापाले बताउनुभयो । ग्रामिण क्षेत्रकै ४० वटा स्टल रहने बताइएको छ । त्यस्तै यहाँस्थित उत्पादित चुरा, मखमलीको जुत्ता, बेतबासका उत्पादन पनि बिक्रीका लागि राखिने भएका छन । फागुन १३ गतेसम्म चल्ने मेलाको खर्च ३७ लाख रुपैयाँ हुने आयोजकको भनाइ छ । मेलाबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नैं सुपथ मुल्यमा विविधि सामाग्री खरिद गर्न सक्ने अवसर दिइने संघका वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले जानकारी दिनुभएको छ ।।


