- Loading...
प्याजको मूल्यमा भारी गिरावत
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

पछिल्लो समय बजारमा प्याजको मूल्य घट्दै गएको छ । केही दिन अघिसम्म प्रतिकेजी २ सय ५० रुपैयाँसम्म कारोबार भएको प्याजको मूल्य अहिले घटेर ९० रुपैयाँमा बिक्री भइरहेको छ ।
कालीमाटी तरकारी तथा फलफुल बजारमा आइतबारदेखि प्रतिकेजी प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ । प्याजको सिजन सुरु भएसँगै बजारमा नयाँ प्याज आउन थालेपछि त्यसको मूल्यमा पनि परिवर्तन आएको हो । नेपालले अधिकांश प्याज भारतबाट आयात गर्ने भएकाले भारतमै प्याज अभाव भएपछि त्यसको मुल्यमा अश्वभाविक रुपमा बृद्धि भएको थियो । त्यससँगै भारतले प्याज नेपाल निर्यातमा प्रतिबन्ध लगाएपछि झनै मुल्यमा वृद्धि भएको हो । यता फ्रेब्रुअरीसम्ममा नयाँ प्याज उत्पादन भइसक्ने भएपनि भारतले अझै प्याज नेपाल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छैन । तर नेपाल निर्यातमा प्रतिबन्ध फुकुवा नगरे पनि भारतीय प्याज विक्री भइरहेको छ । भारतले प्याज प्रतिबन्ध फुकुवा गरेपछि अहिलेको तुलनामा अझै प्याजको मुल्यमा गिरावट आउने जानकारहरुले बताएका छन । गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि नेपालमा पनि प्रतिकेजी २ सय ५० सम्म पुगेको थियो । बजारमा भारतीय प्याज अत्यधिक महँगो भएपछि चिनियाँ प्याज आयात भएयता उपभोक्तालाई राहत मिलेको उपभोक्तावादीको भनाई छ


