FLASH NEWS
- Loading...
निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा हुनुभएको छ । डिल्लीबजार कारागारबाट रिहा हुँदा महरालाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए । रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गर्नुभयो । साथै उहाले आफू निर्दोष भएको बताउनुभयो । अरु विषयमा पछि बोल्ने महराले बताउनुभयो । संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ पर्नुभएको थियो । उहालाई जिल्ला अदालत काठमाडौंले निर्दोश रहेको फैसला सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस
