FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खडेरीका कारण भारतमा तरकारीको मुल्य बढ्यो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    खडेरीका कारण भारतमा तरकारीको मुल्य बढ्यो

    खडेरीका कारण केही महिनायता भारतमा बजार मूल्य अकासिएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । अघिल्लो वर्ष पुसमा ८ दशमलब ३१ प्रतिशत घटेको तरकारी–गेडागुडीको मूल्यवृद्धिदर यो आर्थिक वर्षको ६ महिनामा अकासिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको छ । भारतमा तत्काल मूल्य घट्ने सम्भावना नभएकाले नेपाली बजार पनि त्यसको दबाबमा रहिरहने देखिन्छ । त्यसैले नेपालमा अनियन्त्रित ढंगले बजार भाउ नबढोस् भन्नेमा सरकार र नियामक निकायहरू केन्द्रित हुनुपर्छ  । पछिल्ला केही वर्षमा नेपालको मूल्यवृद्धि वार्षिक औसत ५ प्रतिशतभन्दा कम थियो । कारण, त्यतिबेला भारतको मूल्यवृद्धि २–३ प्रतिशतमा सीमित थियो । गत पुसमा भने भारतमा मूल्यवृद्धि दर ७ दशमलब ५९ प्रतिशत रह्यो । नेपालको दुई तिहाइ व्यापार भारतकेन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव स्वाभाविक रूपमा नेपालमा पनी परेको हो  । गत पुसमा तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च बृद्धि भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित