- Loading...
दमक औद्योगिक पार्कमा मुआब्जा विवाद
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

झापामा चिनियाँ लगानीमा बन्ने चाइना–नेपाल फ्रेन्डसिप इन्डस्टिङयल पार्कको मुआब्जाका विषयमा स्थानीय सरकार प्रमुखले नै असन्तुष्टि पोखेका छन् । उनीहरूले जोतभोग गरिआएका सुकुमबासीको समेत व्यवस्थापन हुनुपर्ने माग गरेका हुन । जिल्लाको दमक, गौरादह र कमल लगायतका पालिकामा २१ सय बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक पार्कको पहिलो चरणको मुआब्जा वितरण भइरहेको छ । कमल गाउँपालिकाकी प्रमुख मेनुका काफ्लेले लालपुर्जा भएर स्रेस्ता नभएका जग्गाधनीको विषयमा पुनर्विचार गरिनुपर्ने बताउनुभएको छ । दमकमा लगानी बोर्ड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको कार्यक्रममा उहाले कतिपय मानिसलाई राहतबिना हटाउँदा उनीहरूको जीविकोपार्जन नै मुस्किल पर्ने देखिएकाले तीनको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभएको छ । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले औद्योगिक क्षेत्रको प्रारूप, राहत बुझेकाको वित्तीय व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ । कतिपय विषयमा भने अझै अस्पष्टता हुदा जग्गाको मुआब्जा वितरणलाई पुनर्विचार गर्नुपर्ने धारणा आएका छन । यता दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले औद्योगिक क्षेत्रसँगै त्यस आसपासका नागरिकको जिवनस्तर उकास्ने गरी योजना बनाइनुपर्ने बताउनुभएको छ । स्थानीय उत्पादनको प्रयोग गरी उद्योगले काम अघि बढाउनुपर्ने उहाको तर्क छ । यस्तै राजस्व तिर्नुपरेको दरभन्दा पनि मुआब्जाको दर कम हुने गरी स्थानीयलाई उठाउन खोजिएपछि स्थानीयले विरोध समेत गरेका छन । जग्गा अधिग्रहणमा २१ करोड रूपैयाँ मुआब्जा वितरण गरिएको लगानी बोर्डले जनाएको छ । बोर्डका सहसचिव बलराम रिजालका अनुसार पहिलो चरणमा ‘१ हजार २ सय बिघामा पार्क निर्माणको काम थालनी हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार अहिले चार सय ११ बिघा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ ।।


