FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नवलपरासीमा मोहीविरुद्ध जग्गाधनीको उजुरी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २८ पटक पढिएको
    नवलपरासीमा मोहीविरुद्ध जग्गाधनीको उजुरी

    आफ्नो स्वामित्वमा रहेको जग्गा आफैलाई भोगचलन गर्न नदिएको भन्दै पश्चिम नवलपरासीमा मोहीविरुद्ध उजुरी पर्न थालेको छ । वर्षौदेखि जग्गा भोगचलन गर्दै आएका मोहीले जग्गाको उब्जनी र जग्गासमेत बाँडफाड गर्न नमानेको भन्दै जग्गाधनीले उजुरी दिन थालेका हुन् । यसअघि जग्गा भोगचलन गरेबापत मोहीले आधा हिस्सा जग्गाधनीलाई दिँदै आएका थिए । तर पछिल्लो समय पाएको आधा पनि मोहीले दिन छाडेपछि जग्गाधनीले मोहीविरुद्ध उजुरी दिन थालेको भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा ३४ जना जग्गाधनीले मोहीविरुद्ध उजुरी दर्ता गराएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख पुष्पराज पाण्डेले जानकारी दिनुभएको छ । उजुरीमा एक जना मोहीले १ देखि डेढ बिघासम्म जग्गा जोतभोग गरेको उल्लेख छ । यसअघि जग्गामा उब्जनी भएको खेतीमध्ये आधा जग्गाधनीलाई दिने गरेका थिए । अहिले उब्जनी भएको खेती र जग्गा माग्दासमेत नदिएको भन्दै जग्गाधनीले नै उजुरी दिएका । यता उजुरी दिने जग्गाधनीले भने मोहीलाई आधा जग्गा दिन पनि मञ्जुर भएका छन् । तर सबै जग्गा जोतभोग गरेर उब्जनी आफैं लिएकाले मोहीले जग्गा दिन नमान्दा उजुरी आउनेको संख्या बढेको मालपोत प्रमुख पाण्डेको भनाइ छ । अहिले उजुरी परेका जग्गाधनी र मोहीलाई तारेख दिएर पठाइएको छ । केहीले तारेख नै गुजारेर बसेकाले उक्त मुद्दा तामेलीमा राखिएको उहाले बताउनुभएको छ । अहिलेसम्म मोहियानी जग्गा विवादमा करिब ३ सय जनाले मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भएकामध्ये मोही कायम १, मोही नामसारी १ सय १९, मोही बेदखली २, लगत कट्टा १ र निर्णय बदरविरुद्ध ३ वटा छन् । यस्तै मोही बाँडफाँडमा मुद्दा परेका १ सय ६९ मध्ये १० वटा मात्र फछ्यौट भएका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित