- Loading...
फ्लोरिकल्चरमा भ्रष्टाचार
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय मार्फत निजी साझेदारीका नाममा पुष्प व्यापारीहरुको संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालसँग गरेको सम्झौता र उपलब्ध गराइएको बजेटको दुरुपयोगले प्रष्ट हुन्छ । अहिले कृषि क्षेत्रमा नीतिगत भ्रष्टाचारकको बहुचर्चित विषय बनेको छ फ्लोरिकल्चर एशोसिएसन नेपाललाई सरकारले दिएको रकमको चरम हिनामिनाको विषय । जसलाई पाँच बर्ष भित्रमा ३० करोड उपलब्ध गराउने नीतिगत व्यवस्था नै गरेको थियो । हो सरकारले फ्लोरिकल्चर एशोसिएसन नेपाललाई बजेट निकासा गर्नकै लागि नीति नै परिवर्तन गरेर चोरबाटोबाट दिनुले पनि नीतिगत भ्रष्टाचारको संकेत हो भन्ने प्रष्ट हुन्छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ र पुर्व अध्यक्ष लोकनाथ गैरेको कार्यकालमा सरकारबाट करोडौं रकम लिएर आफुखुशी दुरुपयोग गरेको थियो । २०७१ आषाढ ६ गतेको सचिव स्तरीय निर्णयबाट पुष्प व्यापारीहरुसँगको नीतिगत भ्रष्टाचार मौलाउन सजिलो बनाएको प्रमाण फेला परेको छ । जुन कुरा पुष्प प्रवद्र्धन नीति २०६९ मा नै उल्लेख गरी राज्यको ढुकुटीबाट करोडौं रकम छुट्याएको थियो । पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वय कार्ययोजना भन्दै नेपाल सरकारको ७४ प्रतिशत लगानी गर्ने गरी फ्लोरिकल्चर एशोसिएसन नेपाललाई ३० करोड उपलब्ध गराउने सम्झौता भएको थियो । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले नीतिगत रुपमा नै फ्लोरिकल्चर एशोसिएसन नेपालको नाम तोकेर पाँच बर्षका लागि बजेट निकास गर्ने नीति निर्माण गर्नुलाई पनि नीतिगत भ्रष्टाचार मौलाएको भन्न सकिन्छ । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७१÷७२ मा ४ करोड ४० लाख ३२ हजार ५ सय, २०७२÷७३ मा ५ करोड १३ लाख ७१ हजार २ सय ५०, २०७३÷७४ मा ५ करोड ८७ लाख १० हजार त्यसैगरी आव २०७४÷७५का लागि ६ करोड ६० लाख ४८ हजार ७ सय ५० र आर्थिक वर्ष २०७५÷७६ का लागि ७ करोड ३३ लाख ८७ हजार ५ सय गरी २९ करोड ३५ लाख ५० हजार दिने फ्लोरिकल्चर एशोसिएसन नेपाललाई दिने सम्झौता भएको थियो । कुनै पनि व्यवसायीहरुको एउटै संस्थालाई करोडौ रुपैयाँ उपलब्ध गराउन नीतिगत रुपमा नै भ्रष्टाचारलाई प्रश्रय दिएको प्रष्ट हुन्छ । नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ । प्रणय दिवसकै लागि भने दुई करोडको कारोवार हुने गर्दछ । आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको छ । यसले पनि परनिर्भरतालाई प्रष्ट पारेको छ । सबैभन्दा सुन्दर र पवित्र चिजको रुपमा फूललाई लिने गरिन्छ । घर, कार्यालय सजाउनेदेखी विवाह, व्रतबन्ध, पास्नि आदि, शुभकाममा आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा समेत फूलको प्रयोग हुन्छ । तर फूलमाथिको भ्रष्टाचार दिनप्रतिदिन मौलाउदै गएको छ । भ्रष्ट व्यक्तिहरु फूलमाथिको राजनीतिमा सल्बलाईरहेका छन् । सरकारी बजेट फ्लोरिकल्चर एशोसिएसन नेपालले चरम दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो । फ्लोरिकल्चर एशोसिएसन नेपालका पुर्व अध्यक्ष लोकनाथ गैरे र हालका अध्यक्ष कुमार कसजु श्रेष्ठको नामसमेत सरकारी रकम दुरुपयोग गर्नेमा जोडिएको थियो । सरकारी ढुकुटीमा रासलिला गर्नेहरुको छानविन गर्नै पर्छ ।।


