FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • महोत्तरीको भंगहा ४स्थित रातुखोलामा अवैध उत्खन्न

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    महोत्तरीको भंगहा ४स्थित रातुखोलामा अवैध उत्खन्न

    महोत्तरीको भंगहा नगरपालिका ४स्थित रातु खोलाको दोहोन निर्वाध रूपमा भइरहेको छ । भंगहा नगरपालिकाले खोला उत्खनन गर्ने ठेक्का लगाएको छ । अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिको छ भने गैरकानुनी काम रोक्न प्रहरी छ । तर, खोलाको अवैध उत्खन्न गर्ने ठेक्केदार र क्रसर चलाउनेप्रति कसैको नजर परेको छैन । मापदण्ड विपरित नदी उत्खन्न र क्रसर बन्द गराउन आन्दोलित हुँदा पनि सुनवाइ भएको छैन । भंगहा नगरपालिका ४ र ६ नम्बर वडास्थित रातु खोलाको किनारमा एक दर्जन क्रसर संचालनमा छन् । त्यहास्थित सञ्चालित क्रसर उद्योग सबै मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ् । मापदण्ड मिचेर बालुवा, गिटी झिक्दा नगरपालिका मौन बसेको स्थानीयको आरोप लगाएको छ । जनताले विरोध गर्दा उल्टै ज्यान मार्ने धम्की दिने र प्रहरी प्रशासन पनि ठेक्केदार र खोला खन्ने क्रसर डनको पक्षमा भइदिने गरेको स्थानीयको गुनासो छ । क्रसर व्यवसायीले आसपासको क्षेत्रका स्थानीयलाई डर र त्रासमा राखेका छन । अवैध उत्खननविरुद्ध बोल्नेलाई क्रसरवालाले फर्जी डाँका मुद्दा लगाएर डर, त्रास देखाएको भंगहा–४ रामनगर बिर्ताका हिरालाल महतोले बताउनुभएको छ । क्रसर विरुद्ध आउनेलाई जेसिबीले मारेर खाल्टो खनी गाडि दिने क्रसरवालाले धम्की दिदै आएको स्थानीयले बताएका छन् । रातु खोलास्थित रामेश्वरनाथ सामुदायिक वनको २ विघा ४ कठ्ठामा लगाएको वन मासेर तीन वटा क्रसर खोलिएको उनीहरुले बताएका छन । गत पुष २५ गते खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषा श्रीपुरका दिलिप महतोको क्रसर डनले खोलामै हत्या गरेका थिए । रातु खोलामा अवैध उत्खन्न रोक्न गाउँले लिएर गएका चार जनामाथि क्रसरवालाले पैसा लुटेको भन्दै प्रहरीमा डाँका मुद्दा हालेर दुःख दिएको स्थानीयले बताएका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित