- Loading...
सरकारले अघि सारेको साक्षरता अभियानमा सवै सहभागी हुनुपर्ने
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले साक्षरता अभियानमा सवैले हात्तेमालो गर्नुपर्ने बताउनुभएको छ । बानेश्वर बहुमुखी क्याम्पसको २९ औं बार्षिकोत्सवका अवसरमा मन्त्री पोखरेलले सरकारले अघि सारेको साक्षरता अभियानमा सवै सहभागी हुनुपर्ने बताउनुभएको हो ।मंगलबार भएको कार्यक्रमा मन्त्री पोखरेलले १२७ स्थानीय तहले साक्षर पालीका घोषणा गरिरहेको भन्दै अहिले साक्षरतादर ८२ प्रतिशत पुगेको र ५१ जिल्ला साक्षर जिल्ला घोषणा भएको बताउनुभएको छ । नेपाललाई डिजिटल नेपाल बनाउन पनि मुलुकको सवै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुपर्ने उहाको भनार्इृ छ । मन्त्री पोखरेलले अन्य जिल्ला साक्षर जिल्ला भएपनि काठमाडौं नै साक्षर जिल्ला घोषणा हुन नसक्नु दुर्भाग्य भएको तर्क गर्नुभयो । सोही कार्यक्रममा मन्त्री पोखरेलले बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गर्नुभएको थियो ।।


