FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण यसै वर्षबाट थालनी हुने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण यसै वर्षबाट थालनी हुने

    ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण यसै वर्षबाट थालनी हुने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा भएको प्रश्नोत्तरमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले यसवर्ष मुआव्जा वितरण सकेर कुन मोडालिटिमा बनाउने भन्ने टुंगो लगाउदै निर्माण थाल्ने बताउनुभएको हो । मन्त्री पुनले काठका तथा कच्ची पोलका कारण ठुलो धनजनको क्षेती पुगेको भन्ने प्रश्नको जवाफ दिदै अहिले देशमा ४ लाख काठका पोल रहेकाले तिनलाई विस्थापन गर्ने र सहरी क्षेत्रमा भुमिगत विद्युतीकरणको काम समेत सुरु गरिसकेको बताउनुभएको छ । केन्द्रीय प्रशारण लाईन नपुगेका स्थानमा वैकल्पीक आयोजनाबाट भएपनि विद्युत पुर्याउने लक्ष्य सरकारको रहेको उहाले बताउनुभयो । मन्त्री पुनले सिंचाइका क्षेत्रमा समेत उल्लेख्य प्रगति भएको संसदलाई जानकारी गराउनुभयो । हाल सिँचाइयोग्य २६ लाख ४१ हजार हेक्टर र खेतीयोग्य जमीन २२ लाख ६५ हजार रहेकामा आगामी १५औँ योजनामा ९० प्रतिशत खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने लक्ष्य रहेको मन्त्री पुनले जानकारी दिनुभयो । बैठकमा काँग्रेसका सांसद डिला सङ्ग्रौलाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा विवाद समाधान नभएकोबारे जवाफ माग गर्नुभयो । सांसद सरिता गिरीले ढल्केबर प्रसारण लाइनका नाममा बिना सर्वेक्षण आयोजना शुरु गरिएको विषयमा जवाफ माग्नुभयो । यस्तै संसद्का आगामी बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने संसद सचिवालयले बताएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित