FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हिउँदे मकैमा पनि फौजी किराकै प्रकोप

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    हिउँदे मकैमा पनि फौजी किराकै प्रकोप

    मोरङको दक्षिणी भेगमा किसानले लगाएको हिउँदे मकैमा अमेरिकन फौजी किराको आक्रमण बढेको छ । फौजी किराका कारण मकै सखाब हुन लाग्दासमेत किसान किराबारे बेखबर भएको पाइएको छ । बर्खे मकैमा प्रदेश १ को पहाडी जिल्लामा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणमा आइरहेका बेला तराईका जिल्लामा पनि फैलिएको हो । तराईको भू–भागमा लगाएको हिउँदे मकैमा लागेको फौजी किराबारे किसान बेखबर रहँदै काम नगर्ने औषधी प्रयोग गरिरहेका छन । जिल्लाको जहादा गाउँपालिका लक्ष्मीनियाका किसान कमलीदेवी रिसिदेवका अनुसार मकैमा किरा लागेपछि बोट बढ्न सकेको छैन । ऋण लिएर गरेको खेतीमा रोग लागेर चौपट हुन लागेको स्थानीयको गुनासो छ । उक्त क्षेत्रमा किराको पहिचान गर्न नसकेपछि व्यापारीको भरमा औषधि प्रयोग गर्ने गरेको उनीहरुको भनाइ छ । तर औषधि प्रयोग गरे पनि केही काम नगरेको उनीहरुले बताएका छन । कृषि विकास निर्देशनालय प्रदेश १ का प्रवक्ता सरस्वती श्रेष्ठका अनुसार मोरङको दक्षिणी क्षेत्रमा लगाएको हिउँदै मकैमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । जिल्लाको करिब १ हजार ८ सय हेक्टरमा हिउँदे मकैखेती गरिदै आएको छ । यसअघि प्रदेश १ को ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ र पाँचथरमा अमेरिकी फौजी किराको संक्रमण देखिएको थियो । कृषि ज्ञान केन्द्र मोरङको अनुसार जिल्लाको जहदा, विराटनगर महानगरपालिका, रंगेली, सुनवर्षी र धनपाल थानमा अमेरिकन फैजी किराको प्रकोप देखा परेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित