FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चल्लाको मूल्य बढाउने व्यापारीमाथि कार्वाहीको तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३२ पटक पढिएको
    चल्लाको मूल्य बढाउने व्यापारीमाथि कार्वाहीको तयारी

    राष्ट्रिय कुखुरा पालक संघर्ष समितिले कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउन आग्रह गरेको छ । संघर्ष समितिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई मूल्य घटाउन ज्ञापनपत्र बुझाएको छ । समितिले तीन दशक भन्दा लामो इतिहास बोकेको कुखुरापालन व्यवसाय दिन प्रतिदिन विचौलियाको चलखेलका कारण किसान मारमा परेको बताएको छ । सरकारले उचित चासो नदिदाँ चल्ला र दानाका कालोबजारी भएको संघर्ष समितिका संयोजक विष्णु खड्का बताउनुभयो । चल्लाको मूल्य ह्याचरी व्यवसायीले तोक्न पाएसरह मासुकोे मूल्य आफुहरुले तोक्न पाउनुपर्ने उनीहरुले माग गरेको छ । कुखुरा किसानको समस्याबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत सरोकार निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाई हुन नसकेकोे संयोजक खड्काको गुनासो छ । यता दाना उद्योग संघका अध्यक्ष रविन पुरीले भने संघर्ष समितिले लगाएको आरोपमा सहमत हुन नसकिने बताउनुभयो । अध्यक्ष पुरीका अनुसार अहिले बजारमा दानाको मूल्य बढेको नभई प्रतिबोरा एक सय रुपैयाँ घटेको छ । अहिले संघर्ष समिति बनाएर मूल्यबृद्धिको हल्ला गर्ने किसान मात्र नभई केही कोल्डस्टोर व्यापारी समेत भएको उहाँको आरोप छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सहायक सूचना अधिकारी दिपक पोखरेल भने दानाको मूल्य बुझ्दै गरेको जानकारी दिनुभएको छ । यस्तै केही दिनअघिसम्म प्रतिवटा ३५ रुपैयाँ रहेको चल्लाको मूल्य अहिले ७० रुपैयाँ बढीमा किनबेच भएको पाइएको छ । विभागले चल्लाको मूल्यवृद्घिको विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेको छ । यता विभागले बजार अनुगमन निरन्तर गरिरहेको जानकारी दिँदै चल्लाको मूल्य बढाउनेमाथि सरकारले कारबाही गर्ने बताएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित