FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सयौ रोपनीमा सामूहिक आलु खेती गर्दै स्थानीय

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    सयौ रोपनीमा सामूहिक आलु खेती गर्दै स्थानीय

    स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिक रुपमा आलुखेती गरेका हुन् । आँधीखोला पानी उपभोक्ता समूह सहित जिमुहा कृषि उपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताउनुभयो । आलुको पकेट क्षेत्र मानिएको जिमुहामा निर्माण भएको शीतभण्डारमा रहेको १३० टन आलुको बीउ र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट २० टन गरी झण्डै १५० टन आलुको बीउ सामूहिक रुपमा लगाइएको सहकारीका अध्यक्ष कँडेलले बताउनुभयो । व्यक्तिगत भन्दा सामूहिक रुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको भनाई छ । सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय किसानले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिक रुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको सहकारीका अध्यक्ष कँडेलले बताउनुभएको छ । विशेषगरी जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत पैजातिका आलु सामूहिक र व्यक्तिगत रुपमा लगाइएको अगुवा कृषक चन्द्रकान्त डुम्रेले बताउनुभयो । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका बजारमा बिक्री हुने गरेको छ । यसअघि उत्पादन भएको आलु पछिसम्म राख्न भैरहवास्थित शितभण्डारमा राख्ने गरेका थिए । तर गतवर्ष जिमुहामा शीतभण्डार निर्माण भएसँगै उत्पादित आलु तथा बीउ आलु भण्डारणमा स्थानीयलाई सहजता भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित