- Loading...
फाल्गुन २ गतेदेखि बिराट एक्स्पो २०७६ संचालन
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

१ नं.प्रदेशको राजधानी बिराटनगरमा फाल्गुन २ गतेदेखि बिराट एक्स्पो २०७६ संचालन भइरहेको छ । आर्थिक समृद्धिको मुल आधार, कृषि पर्यटन, उधोग र व्यापार भन्ने नाराका साथ उद्योग संगठन मोरङको आयोजनामा फाल्गुण १० गतेसम्म एक्स्पो संचालन हुने बताइएको छ । औद्योगिक तथा सुन्दरनगरीका रुपमा परिचित विराटनगरमा साझेदारीको अवधारणा अनुरुप एक्स्पो आयोजना भएको हो । औधोगिक तथा कृषि प्रदर्शनीका ३ सय ६५ भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेका छन् । एक्स्पोको विशेष आकर्षणमा स्वदेशी औधोगिक उत्पादनको प्रदर्शन तथा प्रदेश १ का उधोमीहरुको सहभागिता र अन्तर्रा्ष्ट्रिय प्रदर्शककर्ताहरुको सहभागिता रहेको छ । बाल उद्यान तथा खानाको विभिन्न परिकारका साथै कृषि ,पर्यटन, वनमा आधारित उद्योग छन ्। एक्स्पोमा सहभागिता र सुचना प्रविधि लगायत अटोमोबाइल्सका क्षेत्रमा भएका नयाँ उपलब्धिहरुको जानकारी समेत हुनेछ । बैक तथा वितिय क्षेत्रको प्रदर्शनी साथै शिक्षा ,विज्ञान ,स्वास्थ्यका विविध पक्षबारे जानकारी हुनुका साथै विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजनाले गर्दा एक्स्पोको विशेष आकर्षण बढेको छ । आफ्ना उत्पादनहरु अवलोकन कर्ताले हेर्नुका साथै अन्तर्रा्ष्ट्रिय स्तरका स्टलहरु भारत, पाकिस्तान ,बङ्गलादेश , भुटान लगायत ५ देशका स्टलहरु समेत रहेका छन । एक्स्पोबारे जानकारी दिदै उधोगपति पवन कुमार सुडान भन्नु हुन्छ । मुख्य प्रायोजक नोबेल मेडिकल टिचिङ्ग हस्पिटलले गरेको छ भने ३ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको छ । एक्स्पोमा १ अर्बको कारोबार हुने अनुमान गरिएको छ भने आधुनिकरणदेखि लिएर अर्गा्निक बस्तुको प्रदर्शनी रहेको र ६५ वटा स्टल कृषिको रहेको दाबि गर्नुहुन्छ एक्स्पो संयोजक भोलेश्वर दुलाल । अर्कोतर्फ स्वदेशी उत्पादन, कृषि सम्बन्धि कृषकले गरेका उत्पादन, घरेलु उत्पादन लगायत सामाग्री प्रर्दशन गर्ने उत्कृष्ट थलोको रुपमा विराट एक्स्पोलाई लिन सकिन्छ । अर्कोतर्फ कृषि मन्त्रालयबाट कृषि सामाग्री प्रदर्शनीको लागि ४० वटा निस्शुल्क स्टल उपलब्ध गराएपनि सोही अनुरुप स्टल नभएको गुनासो गर्नुहुन्छ एक्स्पोमा आएका कृषि प्रदर्शनी कर्ता ।। एक्स्पोलाई प्रभावकारी रुपमा सफल बनाउंन सके देशको कृषि तथा औधोगिक लगायतका विविध उत्पादनमा टेवा पुग्नेछ । देशको विकास र नगरको पहिचान बढ्नुका साथै व्यापार व्यवसायको क्षेत्रमा समेत सफलता हासील हुनेछ ।


