- Loading...
हाईटेक टनेल
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

वातावरण मैत्री टनेलभित्रको तापक्रम बाहिरको भन्दा बढि नै हुन्छ । सोही अनुसार निर्माण गरिएको टनेलन खेतीमा किसानहरुको आर्कषण विस्तारै बढ्दै गएको छ । खासगरी रुपन्देही लगायत प्रदेश ५ सरकारले ल्याएको स्मार्ट कृषि गाउँमा सुरुवात गरिएको हाईटेक टनेल खेती परिक्षण बर्षमा नै सफल देखिएको छ । केही समय पहिला मन्त्रालयगत अनुगमनको क्रममा टनेलभित्र फलेको टमाटर देख्दा किसानहरु प्रविधिमा अभ्यस्तै हुँदै गएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभएको छ । उहाले सुरुवाती बर्षमा किसानहरुले सिक्ने र किसाउने क्रम बढ्दै जाँदा त्यसले कालान्तरमा अझ बढि फाईदा लिन सकिने जानकारी दिनुभएको हो । प्रविधि मैत्री, वातावरण मैत्री र जलवायु मैत्री खेती भएकाले टनेलमा किसानहरुको पनि विस्तारै आर्कषण बढ्दै गएको उहाको भनाई छ । स्मार्ट कृषि गाउँ देवदहका सञ्चालक समितिका संयोजक पिताम्मर खरालका अनुसार अहिले काक्रा र टमाटर खेती गरेको जानकारी गिरिएको छ । विगतका बर्षहरुमा भन्दा अहिले टनेल खेतीमा झण्डै दोब्बर उत्पादन वृद्धि भएको उहाले जानकारी दिनुभयो । अहिले हाईटेक टनेलमा काक्रा तथा टमाटर खेती लगाइएको छ । परम्परागत खेती प्रणाली भन्दा आधुनिक कृषि प्रविधिको सहयोगले ५० प्रतिशत भन्दा बढि उत्पादन भैरहेको बताइएको छ । तरकारी तथा फलफुल उत्पादनको सिजनमा करिव १६ क्विन्टल भन्दा बढि टमाटर मात्रै विक्रि गरिसकेको संयोजक खरालले जानकारी दिनुहुदै अझै ५० क्विन्टल टमाटर उत्पादन हुने अपेक्षा गरिएको उहाले बताउनुभयो । विगतका दिनहरुमा टमाटर खेती साधारणतया प्रविधिको प्रयोग नगरिकन गरिएको कारण उत्पादनमा वृद्धि नभएको भन्दै अहिले प्रविधिको प्रयोगबाट ५० प्रतिशत भन्दा बढि उत्पादन भएको जानकारी दिनुभएको छ । प्रदेश ५ का १२ वटै जिल्लामा अहिले स्मार्ट कृषि गाउँ कार्यन्वयनमा रहेका छन् । आर्थिक बर्ष २०७५÷०७६ मा सुरु गरिएको उक्त कार्यक्रम ५२ वटा निर्वाचन क्षेत्रबाट बढेर अहिले प्रत्येक पालिकामा विस्तार गरिएको छ । सोही अनुसार विभिन्न स्थानलाई विभिन्न तरिकाले विशेष क्षेत्रको रुपमा घोषणा गरि सोही अनुसारका कृषि तथा पशुजन्य बस्तुहरु उत्पादन गरिदै आएको छ । रुपन्देही जिल्लाको देवदहमा कृषिमा तरकारी खेती, तिलोत्तमामा बाख्रापालन, आमेसतियामा खाद्यान्न र तरकारी, लुम्बिनीमा तरकारी लगायतका गरी पाल्पामा पशुपालन र तरकारी खेतमा जोड दिई स्मार्ट कृषि गाउँ घोषणा गरि कार्यान्वयन गरिएकोे छ ।।


