FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयार

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयार

    सरकारले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । दिवसलाई व्यवस्थीत र भव्य रुपमा मनाउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरोकारवाला निकायसंग छलफल गरेको छ । बैठकमा मन्त्री गुरुङले मूल समारोह समितिमा सरोकारवाला निकायका सवै प्रतिनिधिलाई समावेश गरिने बताउनुभएको छ । महिला अधिकारका लागि लड्ने र महिला अधिकारका लागि काम गर्दै आएका संस्थाहरुलाइ पनि दिवस आयोजक समितिमा समावेश गरिएको उहाले बताउनुभयो । मन्त्री गुरुङले महिला अभियान र महिला आन्दोलनमा लागेका व्यक्तिहरुको पहिचान गर्ने र सम्मान गरिने तयारी रहेको बताउनुभयो । आगामी मार्च ८ मा मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवसको तयारी स्वरुप मन्त्रालयले छलफलको कार्यक्रम आयोजना गरेको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित