- Loading...
पोल्टी व्यवसायमा ह्याचरीको चरम सिन्डिकेड
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको छ । संघले एक महिनामा चार पटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको हो । संघमा आबद्ध उद्योगीले किसानबाट मासिक ४९ करोड रुपैयाँ नाफा लिएका छन ्। माघ १८ गते ब्रोइलरतर्फको प्रतिगोटा चल्लाको मूल्य ७० रुपैयाँ संघले तोकेको छ । तर कुखुरापालक किसानले प्रतिगोटा ७५ रुपैयाँमा खरिद गरिरहेका छन् । माघ १० मा संघले चल्लाको मूल्य ४० रुपैयाँ तोकेको थियो । संघमा आबद्ध तीन सय आठ ह्याचरी उद्योगबाट एक सातामा ३५ लाख चल्ला उत्पादन हुदै आएको छ । सोही परिमाणलाई ४० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड रुपैयाँ आम्दानी हुने बताइएको छ । तर संघले सिन्डिकेट कायम गरी ७५ रुपैयाँ मूल्य तोकेर किसानबाट सातामै सवा १२ करोड रुपैयाँ असुल गरेको राष्ट्रिय कुखुरापालक संघर्ष समितिको आरोप छ । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले भने संघले चल्लाको बिक्री मूल्य नतोकेको दाबी गर्नु भएको छ । यता संघले भने चल्ला उत्पादक उद्योगलाई ७० रुपैयाँ घटीमा बिक्री नगर्न धम्की नै दिएको उद्यागीहरुले बताएका छन । अध्यक्ष पोखरेलले ५५ देखि ६५ रुपैयाँमा चल्ला बिक्री भइरहेको बताउनुभएको छ । संघका अनुसार चल्ला उत्पादक उद्योगले लागत मूल्य अनुसार चल्लाको मूल्य तोक्ने गरेका छन । यता संघले चल्लाको मूल्य माघ ११ मा दोस्रो पटक प्रतिगोटा ५० रुपैयाँ र माघ १४ मा तेस्रो पटक प्रतिगोटा ६० रुपैयाँ तोकेको थियो ।।


