- Loading...
तरकारी खेती प्रवद्र्धनमा चितवनमा करोडौको योजना
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले चालू आर्थिक वर्षका लागि एक करोड ७१ लाख रूपैयाँ बराबरको तरकारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ । साना सिँचाई, मेसिनरी औजार उपकरण वितरण, हाइटेक नर्सरी, कष्टम हाइरिङ तथा तरकारीको बाली सुधारका कार्यक्रम सञ्चालन गर्न लागेको हो । परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार चालू आर्थिक वर्षमा साना सिँचाइ र मेसिनरी औजार उपकरण वितरणका लागि निवेदन मागिएको छ । साना सिँचाइ कार्यक्रम अन्तर्गत ६० र मेसिनरी औजार उपकरणतर्फ ५२ लाख रूपैयाँका कृषि औजार वितरण गर्न लागिएको छ । पचास प्रतिशत अनुदानमा कृषक समूह, कृषि फार्म, सहकारी र उद्यमीलाई त्यस्ता औजार वितरण गरिने भएको छ । कार्यालयले साना मेसिनरी औजार र कस्टम हायरिङ सेन्टर स्थापनालाई आवेदन खुलाएकामा ४७ कृषक समूह तथा सहकारीले निवेदन दिएका छन । तरकारी जोनका प्रमुख पुष्पराज खनालका अनुसार साना मेसिनरी औजारतर्फ कृषक समूह सात, सहकारी १० र कृषि फार्मतर्फ १० वटाले निवेदन दिएका छन । यस्तै हायरिङ सेन्टर स्थापना गर्न २० समूहको निवेदन परेको छ । चालू आर्थिक वर्षमा किसानले पावर स्प्रे, इलेक्ट्रिक स्पियर, पावर टेलर, मिनी टेलर, रोटा भेटरलगायतका मेसिनरी औजार माग गरेको प्रमुख तिमल्सेनाले जानकारी दिनुभयो । तरकारी जोन सञ्चानलपछि चितवनमा तरकारी खेती गर्ने किसान बढेको कार्यालयले बताएको छ । भरतपुर महानगरपालिकामा मात्रै ६६२ हेक्टरमा तरकारी खेती हुने गरेको पाइएको छ ।।


