- Loading...
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने
- कृषि टि.भी.
- ३ साल अघि
- ८२ पटक पढिएको

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफलका क्रममा बिहीबार समितिका सदस्यले विज्ञान र प्रविधिको मात्र विशिष्टकृत विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको हो । समिति सभापति जयपुरी घर्तीले विधेयकमा अन्य विषय पनि पढाइने उल्लेख गरिएकामा उक्त विषय हटाई विज्ञान र प्रविधि विषय मात्र पढाइने गरी विधेयकमा संशोधन गरिने जानकारी दिनुभयो । विधेयकमा विश्वविद्यालयमा ८५ प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था गरिएको थियो । सभापति घर्तीले विश्वविद्यालय विज्ञान तथा प्रविधि र प्रविधि प्रवद्र्धन गर्न स्थापना गरिने बताउनुभयो । समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयको विधेयकमा मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्यायल गायतका विषय राखिएकाले त्यस्ता विषय हटाई विज्ञान र प्रविधि पढ्न मात्रै विश्वविद्यालय बनाउनुपर्ने धारणा राख्नुभयो । समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि भनेर अर्कै विषय नपढाइने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिसँग जोड्ने विषय मानविकी, व्यवस्थापन र न्याय पढाउन थालिएको बताउनुभयो ।।


