- Loading...
ड्रागन फलको खेतीमा किसानको आकर्षण बढ्दै
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

बहुउपयोगी र महँगो फल भनेर चिनिने ड्रागन फलको खेतीमा किसानको आकर्षण बढदै गएको छ । शनिबार ललितपुरको कालीकास्थानमा अजगर फल सम्बन्धी तालिममा सहभागी किसानहरुले ड्रागन फलको खेतीबारे चासो व्यक्त गरेका छन । शिरजनशील नागरिक समाज नेपालले आयोजना गरेको कार्यक्रमका सहभागीले शैक्षिक जनशक्तिलाई समेत उत्पादनमूलक क्षेत्रमा संलग्न गराउन आग्रह गरेका छन । कृषि क्षेत्रमा आएको विविध प्रविधिको प्रयोग गरी व्यवसायिक खेतीमा युवालाई अग्रसर गराउन पनि सहभागीले सुझाव दिएका छन । सोही कार्यक्रममा डगन फ्रूटको इतिहास, खेती विस्तार तथा नर्सरी स्थापनाका विषयमा नेपाल मल्टिल्पान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरका निर्देशक बासुदेव ढकालले जानकारी दिनुभयो ।उक्त खेतीका लागि समुद्री सतहदेखि १ हजार ५०० मिटर उचाइसम्म राम्रो मानिए पनि पछिल्लो समय शहरका विभिन्न क्षेत्र तथा आँगन पेटीमा रोप्न थालिएको छ । नेपालमा उक्त फलको विरुवा भियतनामबाट भित्रिएको बताइएकाृे छ । ड्रागनमा १२ प्रकारका खनिज र भिटामिन भएको फलका रुपमा मानिएको छ । मध्यपहाडी क्षेत्रसहित नेपालका भित्री मधेस र तराई जिल्लामा सोही खेतीको व्यावसायिक रूपमा उत्पादन गर्दै आएको पाइएको छ ।।


