- Loading...
शंकरपुरका युवाहरु कुषि तर्फ आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- ३७ पटक पढिएको

कृषि उत्पादन बढाउन सरकारले विभिन्न परियोजना लागु गरे पनि सर्लाहीका युवाहरु आफनै लगानीमा कृषि कर्ममा लागेका छन । जिल्लाको बाग्मती नगरपालिका १० शंकरपुरका रामविलास महतोसहित स्थानीय तीन जना युवा व्यवसायिक केराखेतीमा लाग्नुभएको छ । करिव दुई वर्षअघि शुरु गरिएको केरा खेतीमा जिल्लाका स्थानीय तीन जना युवा खुशी देखिएका छन । प्राविधिक शिक्षामा औपचारिक अध्ययन पुरा गरी व्यवसायमा रमाइरहेका उनीहरु सरकारको परिवर्तित नीतिले कृषिमा आकर्षित भएका छन । स्थानीय साना किसान कृषि सहकारी संस्थाबाट ऋण लिएर शुरु गरेको खेतबाट पहिलो चरणमा नै सफल्ता मिलेको व्यवसायी महतोको भनार्ई छ । रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई उनीहरुले गाउँमै विकल्प देखाएका छन । अन्य युवाहरुलाई समेत गाउँमा स्वरोजगार बन्न सुझाव दिएका छन । तर सरकारले कृषि प्रवद्र्धनमा विभिन्न परियोजना ल्याए पनि वास्तविक किसानका लागि कुनै कार्यक्रम नल्याएको उनीहरुको गुनासो छ । आफुहरु केरा खेतीमा जागरुक भएपनि सोही खेती प्रवद्र्धन गर्न कुनै निकायबाट अनुदान तथा बजारको व्यवस्था नभएको व्यवसायी महतोले बताउनुभयो। आफसँग पर्याप्त लगानी नहुँदा सहकारी सस्ंथाको १६ प्रतिशत व्याजमा ऋण लिएको उनीहरुले बताएका छन । सरकारले सस्तो व्याजदरमा कृषि कर्जा वितरण गरेपनि आफुहरुले नपाएको उनीहरुको गुनासो छ । ७ कठ्ठा जग्गा भाडामा लिएर गरिएको उक्त खेतीलाई विस्तार गरी ४० कठ्ठामा पुर्याउने उनीहरुले योजना बनाएका छन । तर सरकारी अनुदान लिन मात्र गरेको कागजे खेतीले यस्ता वास्तविक किसानलाई ओझेलमा पारेको देखिएको छ ।।


