
- Loading...
कफीका बोट मरेपछि गण्डकी प्रदेशका किसानलाई घाटा
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

गण्डकी प्रदेशमा विगत दुई महिना यता कफीका बोट सुकेर मर्ने समस्याले व्यावसायिक किसान मारमा परेका छन् । जलवायू परिवर्तनको कारण अत्यधिक चिसो बढ्दा दिन र रातको तापक्रममा असन्तुलन भएपछि कफीका वोट मर्न थालेको हो । पछिल्लो समय कफी खेतिमा आकर्षित भएका प्रदेशभित्रका विभिन्न जिल्लाका किसान कफी बगौचामा देखिएको रोगले निराश भएका छन । हाल कफीका पातका नसा सुक्ने, बोटमै पूर्णरुपमा डढ्ने, साना कफीका बोट टुप्पोबाट पात झरी कालो हुने, हाँगा सुकी मर्ने लगायतका समस्या देखा पर्न थालेको छ । प्रदेशमा संगठित हुदै विभिन्न समुह तथा सहकारी मार्फत कफी खेतीमा लागेका किसान यति वेला निकै चिन्तित भएका छन । कफीमा देखिएको त्यस्ता समस्याले व्यवसायीक किसान ठुलो मर्कामा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताउनुभयो । पहाडी भेडमा छहारी नभएका कफीका बोटमा त्यस्ता समस्या देखा परेको किसानहरुको भनाई छ । गण्डकी प्रदेशका ९ जिल्लामा ६ करोड मुल्य बराबरको कफीको क्षति भएको छ । चालु आर्थिक वर्षमा उत्पादन भएका फ्रेश चेरी करिब ५ करोड र एक करोड मुल्य बराबरको कफी नर्सरीमा क्षति पुगेको क्षेत्रीय कार्यालय पोखराले बताएको छ ।।


