FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • थोरै लगानीबाट बाख्रा पालन सुरु गरी सफल बनेका किसान कुमार सिंह

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    थोरै लगानीबाट बाख्रा पालन सुरु गरी सफल बनेका किसान कुमार सिंह

    मोरंगको बुढीगंगा गाउँपालिका ७ स्थित बरमनियामा कुमारसिंह कार्कीले ठककुमाला कृषि फार्ममार्फत बाख्रापालन गर्दै आउनु भएको छ । डेढवर्ष अघि २० वटा बाख्राबाट सुरु गर्नु भएको व्यवसायले अहिले व्यावसयिक फार्मको रुप लिएको छ । उहाँको फार्ममा अहिले ७० वटा सानाठुला बोयर, जमुनापरि र खरी गरि ३ जातका बाख्रा रहेका छन । विदेशी भुमिमा केहि गर्नु भन्दा स्वदेशमै बसी कृषि मै केही गर्छु भन्ने उद्देश्यले २५ लाख लगानी गरि व्यवसाय सञ्चालन गरिएको छ । तर कार्कीको फार्ममा सरकारी तवरबाट भने कुनै सहयोग नमिलेको उहाँले बताउनु भएको छ । युटुब तथा विभिन्न सञ्चार माध्यमबाट हेरेर बोयर जातको बाख्रापालन गरेको उहाको भनाई छ । बढी मासु उत्पादन दिने भएको हुँदा उहाँले व्यवसायको थालनी गर्नुभएको हो । बजार भाउ उच्च रहेकाले पनि उत्पादनमा लगानी गरिएको बताइएको छ । तर चिसो याममा बाख्राले बच्चा जन्माउँदा चिसोबाट बचाउन अलिक समस्या हुने र पीपी आर तथा खोरेत लाग्ने समस्या छ । बिगतमा उहाको २९ वटा बाख्रा बिभिन्न रोगले मरेका थिए । तर अहिले सोही व्यवसाय सम्बन्धी तालिम लिएकाले आफुले औसधी उपचार तथा पशु बिमा समेतमा बिशेष ध्यान दिएको उहाले बताउनुभएको छ । आफु कृषि क्षेत्रमै केहि गर्ने सोच बनाएका हुँदा आफुसहित श्रीमती र १ जना स्थानीयले समेत रोजगारी पाएका छन । सोही ब्यबसायबाट आफु सन्तुष्ट रहेको पनि उहाले बताउनु भएको छ । उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गर्न सकेका छैन । राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिए पनि राम्रो हुने उहाँको श्रीमतीको अपेक्षा छ । बाख्रापालन सुरु गर्नु अगाडी नै घाँसको छनौट गर्न र लगाउन जरुरी हुन्छ भने उहाँले डेढ बिगा आफ्नो जग्गा र ५ बिघा भाडामा घास र मकै लाउनु भएको छ । निकट भविष्यमै ४० वटा रागा पाल्ने र लोकल कुखुरा पाल्ने योजना बनाउनु भएको छ । त्यसको लागि खोरको समेत निर्माण गरिसकेको छ । अर्कोतर्फ सोहि गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले जति कृषि क्षेत्रमा बजेट छुट्याएको छ । तर त्यसले जिल्लाका किसानलाई माथि उठाउन नसकेको जानकारहरुले बताएका छन । राज्यले कार्की जस्ता युवाहरुलाई कृषि पेशामै प्रोत्साहन गर्न सके स्वदेशमै रोजगारी र आम्दानी बढाउँन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित