- Loading...
झापाको कचनकवलमा जंगली हात्तीको आतंक, स्थानीयको लाखौ मुल्यका मकै खेती नष्ट
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

झापाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा जंगली हात्तीले मकै खेती नष्ट गरेपछि स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन । स्थानीय धनीलाल यादवसहित अन्य मकै किसानको रातभरको निद्रा हराएको छ । साँझ खाना खाएपछि उनीहरू कोही आगोको राँको, कोही टिनका भाँडा बजाउँदै रातभर मकै बारीमा होहल्ला गरी बस्ने गरेका छन । कचनकवल १ को सीमावर्ती घेराबारीको कुटी बजार आसपासका स्थानीय एक साता यता बेचैनमा छन । नजिकैको चार कोसे झाडीबाट आउने जंगली हात्तीले स्थानीयको दाना लागिसकेको हाइब्रिड मकै खाएर तथा माडेर नष्ट गरिदिने गरेको छ । २५ दिनपछि भाँच्नुपर्ने मकै हात्तीले नष्ट गरिदिँदा घेराबारीका किसान चिन्तित भएका हुन । गत शुक्रबार रातिदेखि लगातार आउने हात्तीको बथानले धनीलालको ६ बिघा, आचालुको २ बिघा, नारायणसिंह र देवलालको १५÷१५ कट्ठा तथा वासुदेवको १० कट्ठा गरी १० बिघा जमिनमा लगाएको खेती नष्ट गरिदिएको हो । चार रातदेखि लगातार मकै खाइदिएको छ । तर आगो बाल्दा, टिन बजाउँदा, होहल्ला गर्दा पनि हात्ती नभागेको स्थानीयले बताएका छन । तीन महिनादेखि घरका केटाकेटी, श्रीमतीसहित लागेर हुर्काएको मकै दाना लागेपछि हात्तीले खाएर नष्ट गरिदिँदा उनीहरुको भोक–निद्रा हराएको छ ।।


