- Loading...
रुपन्देहीको सैनामैनामा सडक अतिक्रमण गरी घर निर्माण, अदालतको फैसला कार्यन्वनमा चुनौती
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया–लुम्बिनी सडकको सिसौंडाडा खण्डमा सार्वजनिक बाटो मिचेर आधा दर्जन घर र अन्य संरचना बनाइएको छ । मुर्गिया बजारदेखि पश्चिमतर्फ सिसौडाडामा सडक नै मोडिने गरी संरचना बनेका हुन् । स्थानीयले बनाएको पाँच घरले सडक मिचेपछि हालको सडक पारीपट्टी निजी जग्गाबाट गएको छ । जग्गाधनीले आफ्नो जग्गा मिचिएको दावी गरेपछि सडकमा घर बनेको खुलेको हो । आफ्नो स्वामित्वको जग्गामा सडक बनाइएको भन्दै स्थानीयले तुलसीपुर उच्च अदालत बुटवलमा उजुरी दिएका थिए । गत साउन १५ को फैसलामा अदालतले निजी जग्गाबाट सडक विस्तार नगर्न आदेश दिएको छ । तर आदेश कार्यान्वयनमा सैनामैना नगरले चासो दिएको छैन । आदेश कार्यान्वयन नभएपछि स्थानीयबीच विवाद चुलिएको छ । उक्त नगरपालिका–४स्थित सिसौडाडामा रहेको सार्वजनिक बाटोले करिब तीन कठ्ठा जमिन अक्रिमणमा परेको हो । त्यसको चलन चल्तीको मूल्य सवा करोडभन्दा बढी रहेको छ । बाटोको जग्गामा तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले घर र भौतिक संरचना निर्माण गरेका हुन् । सडक क्षेत्रबारे जानकारी नभएकाले घर बनाइएको उनीहरूको तर्क छ । उनीहरुले सडक अतिक्रमण गरेपछि स्थानीयबासी कृष्णबहादुर थापाको २७ धुर जमिनमा सडक बनेको छ ।।


