FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तालमेल नमिल्दा मोरङको तरकारी बजार अलपत्र

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    तालमेल नमिल्दा मोरङको तरकारी बजार अलपत्र

    मोरङको कटहरीमा निर्माण भएको अत्याधुनिक पूर्वाधारसहितको तरकारी बजार अलपत्र परेको छ । विराटनगरको गुद्रीबजार स्थानान्तरणका लागि निर्माण गरिएको तरकारी बजारमा गुद्रीका व्यापारी जान नमानेपछि उक्त बजार अलपत्र परेको हो । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गुद्री बजारलाई व्यवस्थित गर्न आधुनिक पूर्वाधारयुक्त तथा व्यवस्थित तरकारी बजार विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलाको किनारमा निर्माण गरिएको थियो । उक्त तरकारी बजार गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्नुभएको थियो । संघीय सरकार अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले तरकारी बजार निर्माण गरेको हो । यता विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको पहलमा बजार निर्माण गरिएको भए पनि संघीय सरकारले प्रदेश सरकारलाई बजार हस्तान्तरण गरेपछि दुवै स्थानीय तह असन्तुष्ट भएका छन । पछिल्लो समय सोही महानगरपालिका र कटहरीले प्रदेश सरकार मातहतको बजार भएकाले सञ्चालनका लागि प्रदेश सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन । तर तरकारी बजार उपयुक्त स्थानमा नभएको र प्रयाप्त पूर्वाधारसमेत नभएको भन्दै गुद्री बजारका व्यापारीले नयाँ तरकारी बजारमा नजाने स्पष्ट पारिसकेका छन । विराटनगर महानगरपालिकाले गुद्री बजार खाली गर्न सूचना प्रकाशित गरेपछि गुद्रीका व्यापारीले वैकल्पिक बजारसमेत निर्माण गर्न थालेका छन । विराटनगरको बसपार्क पश्चिमतर्फको खाली जग्गा भाडामा लिएर नयाँ बजारको संरचना व्यापारी आफैंले निर्माण सुरू गरेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित