- Loading...
फोहोर सम्बन्धी कार्ययोजना बनाउने तयारी, वातावरण विभागद्धारा विशेषज्ञ परिचालन
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिएका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । वन तथा वातवरण मन्त्रलयको वातावरण विभागले विशेषज्ञहरू परिचालन गरी कार्ययोजना बनाउने प्रक्रिया अघि बढाएको हो । कार्ययोजना बनाउन विभागमा चार वटा संस्थाले प्रस्ताव पेस गरेका छन । उक्त प्रस्तावमध्ये चयन भएका एक कम्पनीले विशेषज्ञ परिचालन गरी त्यस्ता फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर विभागमा पेस गर्ने बताइएको छ । सोही विभागले असार मसान्तभित्र कार्ययोजना स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने तयारी सहित कार्ययोजना बनाउन लागिएको हो । विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार छाला, कपडा, स्टिल, औषधि उत्पादक र रङ कारखाना, अस्पताल तथा गाडी मर्मत कारखानाबाट निस्कने फोहोर अत्यधिक हानिकारकको सूचीमा छ । सूचना अधिकारी पौडेलका अनुसार मानवीय स्वास्थ्यका लागि हानिकारक त्यस्ता फोहोर असरल्ल फालेको पाइएको छ । स्थलगत अध्ययन गर्दा त्यस्ता फोहोर तरल र ठोस दुवै किसिमका भेटिएका छन । यता संविधानले प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकमै व्यवस्था गरेको छ । त्यही हक कार्यान्वयनमा ल्याउन हानिकारक फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन खोजेको विभागले बताएको छ ।।


