FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाल्पाका युवा किसान पशुपालनमा आकर्षित, दुध बिक्रीबाट महिनामै लाखौको आम्दानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    पाल्पाका युवा किसान पशुपालनमा आकर्षित, दुध बिक्रीबाट महिनामै लाखौको आम्दानी

    धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला कतिपय युवाहरु गाउमै पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेका छन । पाल्पाको रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर राम्रो कमाई गर्न थाल्नुभएको छ । व्यावसायिक रुपमा उन्नत जातका भैँसी तथा गाईबाट उत्पादित दूध बिक्री गरी मासिक एक लाख रुपैया बराबरको कमाई गर्दै आउनु भएको छ । उहाँले डेढ वर्ष अघिदेखि व्यवसाय सञ्चालन गर्नुभएको जानकारी दिनुभएको छ । दूध बिक्रीबाट प्रतिमहिना दुई लाखसम्म आम्दानी भएपनि खर्च कटाउदा एक लाख नाफा लिएको उहाको भनाई छ । दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा काम गर्नुभएका श्रेष्ठले पशुपालनबाटै रामपुरमा समृद्धि भित्राउने योजनाले व्यवसायमा लाग्नुभएको हो । उहाँको फार्ममा हाल नौ वटा उन्नत जातका भैँसीमध्ये छ वटा दुहुना भैँसीबाट ५० लिटर, आठ वटा उन्नत जातका होलिस्टिन र जर्सी गाईमध्ये पाँच वटा गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्री गर्ने गर्नुभएको छ । व्यवसायी श्रेष्ठको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको दुध प्रतिलिटर ८५ र गाईको ७५ रुपैयामा बिक्री भइरहेको छ । फार्म व्यवस्थापनमा २५ लाख र गाईभैँसी खरिदमा २० लाख लगानी परेको उहाले जानकारी दिनुभएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित