FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुनकोसी–मरिण आयोजनाको काममा तीव्रता, प्रभावित क्षेत्रका मुआब्जा वितरणको तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३३ पटक पढिएको
    सुनकोसी–मरिण आयोजनाको काममा तीव्रता, प्रभावित क्षेत्रका मुआब्जा वितरणको तयारी

    सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित वडा नं ७ को सुनकोसी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउँदा डुब्ने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ । आयोजनाको भौतिक संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारका स्थानीयलाई मुआब्जा दिएर अधिग्रहण गरिसकिएको छ । सुनकोसीको ड्याम र त्यसको डुबानले प्रभावित हुने स्थानीयको जग्गा अधिग्रहण गर्ने कार्य पनि सुरु भएको आयोजनाका निर्देशक सुशीलचन्द्र आचार्यले जानकारी दिनुभएको छ । शनिबार सुनकोसी गाउँपालिकाको वडा नं. ६ खाल्टेमा आयोजित आयोजनाको डुबान क्षेत्रको जग्गा प्राप्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी गोलञ्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले आयोजनाबाट सुनकोसी गाउँपालिका मात्रै प्रभावित नभएर त्यसको प्रत्यक्ष प्रभाव गोलञ्जोर गाउँपालिकाले समेत भोग्नुपर्ने भन्दै गोलञ्जोरका सुनकोसीको किनार आसपास बस्ने स्थानीयलाई समेत व्यवस्थित गर्नुपर्ने माग गर्नुभएको छ । अध्यक्ष कार्कीले सुनकोसीको पानीले चिसोको अनुभूति हुने गरेको र पानी डाइभर्सन गरेर लगेपछि मरुभूमि हुने भएकाले त्यसतर्फ पनि आयोजनाले सोच्नुपर्ने बताउनुभएको छ । आयोजनाले स्थानीय मठमन्दिर, बाटो, खानेपानी, सहायक कच्ची सडकलाई व्यवस्थित गर्नुका साथै क्षमता अनुसारको रोजगारी स्थानीयलाई दिनुपर्ने स्थानीयले सुझाएका छन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित