FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन सिमामा थप जनशक्ति तथा उपकरणको व्यवस्था

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३३ पटक पढिएको
    नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन सिमामा थप जनशक्ति तथा उपकरणको व्यवस्था

    सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिभिन्न सिमामा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने पुर्व तयारीका बारेमा राष्ट्रिय युवा संघ नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उक्त सङ्क्रमण भित्रिन नदिन सरकारले अधिकतम सजकता अपनाएको बताउनुभएको हो । छिमेकी मुलुकहरू सँगका स्थलमार्गका ३७ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सहायता कक्ष स्थापना गरी नेपाल भित्रिने यात्रुको जाँच भइरहेको मन्त्री ढकालले बताउनुभएको छ । माघ ९ गते चीनबाट फर्किआएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप संकास्पद चार सय ३३ जना व्यक्तिमा कोरोना परिक्षण गरेपनि रिपोर्ट भने नेगेटिभ आएको उहाले जानकारी दिनुभयो । तर कोरोना देखिएको छैन भन्दै चूप लागेर नवस्ने मन्त्री ढकालले जिकिर गर्नुभयो । उहाँले नेपालमा संक्रमित बिरामी देखा परे सरकारी अस्पतालका १ सय ५५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाले बाहिर हल्ला भएजस्तो कोरोनाको भयावह अवस्था नेपालमा भने नरहेको पनि बताउनुभयो । ज्ञापन पत्र बुझाउदै युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कारोना रोकथामका लागि सरकारसंग हात्तेमालो गर्न तयार रहेको बताउनुभयो । चीनको वुहानबाट ल्याइएका नेपालीहरु प्रति सरकारले गरेको मिहेनतको प्रशंसा गर्दै संयोजक सापकोटाले छिमेकी मुलुक कोरोनासँग लडिरहेका र उक्त मुलुकबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेर अगाडी बढ्न समेत माग गर्नुभयो । ८ बुँदे ध्यानाकर्षण पत्रमा युवा संघले जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै बजारमा देखिएका कृतिम अभाव अन्त्य गर्न समेत माग गरेको छ । कोरोना संक्रमण देखिएमा बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न समेत माग गरिएको छ । यता विमानस्थल तथा भारतसँग रहेका खुल्ला सिमा नाकामा समेत अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न सरकारसँग आग्रह

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित