FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको पुर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान करिब ७ बजेर ४० मिनेटमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । बम बिस्फोटको सूचना आउने बितिकै प्रधान नेतृत्वको टोली घटनास्थल पुगेको थियो । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षती पुगेको छ । घटना कसले गरायो भन्नेबारेमा घटनास्थलमा अहिले पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । मन्त्री बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहान प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएसँगै बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । सेक्युरिटी प्रिन्ट र प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उहाँले राजीनामा दिनुभएको थियो । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित