FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको

    नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९ सय ७१ प्रजातिका वनस्पतिमध्ये ८ सय १९ प्रजातिका औषधिजन्य जडीबुटी रहेका छन । नेपालका परम्परागत चिकित्सामा प्रयोग हुने ४१ प्रजातिका जडीबुटी भाइरल विरोधी क्षमताको अध्ययन भएको छ । त्यस्ता औषधीय गुण भएका जडीबुटी २७ परिवारसँग सम्बन्धित छन । एन्टी भाइरल, एन्टी हर्पस र एन्टी इन्फ्लु एन्जाका तत्व तिनमा पाइएको छ  । जर्मन सहयोगमा करिब पाँच वर्ष लगाएर गरिएको अध्ययनमा सोही कुरा पत्ता लागेको बताइएको छ । सन् २००९ मा प्रकाशित अध्ययनको निष्कर्षले नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता देखाएको छ । हर्पस सिम्प्लेक्स भाइरस र ‘इन्फ्लुएन्जा भाइरस ए’ विरुद्ध नेपालका जडीबुटीले लड्नसक्ने तथ्य त्यस अध्ययनले बताएको छ । तर त्यसको उपयोग नेपालको चिकित्सा क्षेत्रले प्रत्यक्ष गर्न सकेको छैन । भाइरलविरुद्ध लड्नसक्ने आठवटा मुख्य जडीबुटीमध्ये पाखनवेद र गाने गुर्जोले दुवै खालका भाइरलसँग लड्नसक्ने रासायनिक तत्व बोकेका छन । नेपालको उच्च भूभाग ३५ सय मिरटमाथि यो पाइने गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित