- Loading...
खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीवासीलाई सास्ती
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

खानेपानीको उचित व्यवस्थापन नहुँदा बाजुराको मार्तडीवासीले सास्ती भोग्नुपरेको छ । खानेपानी व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामवासी सास्ती भोग्न बाध्य भएका हुन । खानेपानी अनियमितता भएको हप्तौं बितिसक्दा पनि खानेपानी आयोजना तथा स्थानीय निकायले चासो देखाएको छैन । खानेपानी अभावका कारण सदरमुकामवासीले खानेपानी टाढाबाट बोकेर खानुपर्ने बाध्यता छ । खानेपानी अनियमित बनेको र अस्त व्यस्तताले स्थानीयले सास्ती भोग्नुपरेको वर्षौ बिते पनि खानेपानी उपभोक्ता समिति बेखबर जस्तै बनेको छ । यता समितिले काम गरिरहेको बताए पनि स्थानीयले भने नियमित रुपमा खानेपानी पाएका छैनन । खानेपानीको व्यवस्थापन पहिलो एजेन्डा भएको बताउने बडीमालिका नगरपालिकाले पनि लगानी अनुसार सुविधा दिन नसकेको स्थानीयको गुनासो छ । सदरमुकामजस्तो क्षेत्रमा खानेपानीको हाहाकार देखिँदा पनि सम्बन्धित निकाय मौन बस्नु आफैं लज्जाको विषय रहेको स्थानीयको आरोप छ । हप्तामा चार दिन पनि पानी नआउने र आएको दिन पनि थोरै समयका लागि मात्र पानी दिने जस्ता समस्याले होटल व्यवसायी हैरान बनेका छन । शौचालय प्रयोगदेखि नियमित सरसफाइमा मात्र समस्या नभई खानेपानीकै अभाव हुने गरेको होटल व्यवसायीको दुखेसो छ ।।


