FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुनसरीका उखु किसानले पाए २५ करोड भुत्तानी,गतवर्षको अनुदान बक्यौता पनि निकासा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    सुनसरीका उखु किसानले पाए २५ करोड भुत्तानी,गतवर्षको अनुदान बक्यौता पनि निकासा

    सुनसरीको बर्जुस्थित इस्टर्न सुगर मिलले किसानलाई यसवर्षको उखुको २५ करोड रुपैयाँ भुक्तानी गरेको छ । मिलले सोमबारसम्म करिब १२ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । सोही मिलका नायब महाप्रबन्धक कृष्ण गौतमका अनुसार यसवर्षको क्रसिङ सकिन लागेको छ । तर क्रसिङ सकेको दुई साताभित्र किसानको सबै रकम भुक्तानी गर्ने पनि उद्योगले तयारी छ । उक्त मिलले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसाका दरले भुक्तानी दिदै आएको छ । दुई साताअघि क्रसिङ गर्न शुरु गरेको उखुको भुक्तानी सबै गरेको र बाँकी उखुको पनि क्रसिङ गरेको दुई सातापछि सबै रकम भुक्तानी गरिने नायब महाप्रबन्धक गौतमले जानकारी दिनुभयो । त्यसबाहेक सरकारले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने व्यवस्था छ । मिलले गतवर्ष १२ लाख ८७ हजार क्विन्टल उखु क्रसिङ गरेर किसानलाई असारमा एकमुष्ट ५२ करोड ३९ लाख ५६ हजार रुपैयाँ भुक्तानी दिएको थियो । सरकारले गतवर्षको अनुदान रकम भर्खरै दिएको कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताउनुभयो । सरकारले गतवर्ष सोही मिलका किसानलाई ७ करोड ४८ लाख ३९ हजार रुपैयाँ अनुदान दिनुपर्नेमा २ करोड ३३ लाख ८४ हजार बाँकी राखेको थियो । तर उक्त रकम एक साताअघि सरकारले निकासा गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित