- Loading...
कालिकोटका स्थानीय तहमा सडक निर्माण गर्ने होडबाजी,अरबौ मुल्यका खेतीयोग्य भुमीमा क्षति
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको

कालिकोटका विभिन्न क्षेत्रमा पाँच सय २९ किलोमिटर नयाँ सडक बनेको छ । स्थानीय तहले प्राथमितामा राखेपछि दुई वर्षभित्र धमाधम नयाँ सडकको ट्रयाक खुलेका छन ्। सडकका लागि स्थानीय तहले चालु आर्थिक वर्षमा करिब ९५ करोड रूपैयाँ खर्च गरेका छन् । तिलागुफा नगरपालिकामा सबैभन्दा बढी एक सय ७६ किलोमिटर ट्रयाक खुलेको छ । नगर प्रमुख रतनबहादुर शाहीका अनुसार सडक बनाउन मात्रै करिब १० करोड खर्च भएको छ । यतिबेला नयाँ सडकमा नियमित रुपमा गाडी गुड्न थालेका छन । कर्णाली राजमार्गसँग जोडिएकाले सबै वडालाई सडक पहुँचमा पुर्याउन नगरपालिकाले जोड दिएको छ । रास्कोट नगरपालिकाले पनि एक सय १५ किमि नयाँ ट्रयाक खालेको छ । नगर प्रमुख काशीचन्द्र बरालका अनुसार नगरका नौ वटै वडा सडक सञ्जालमा जोडिएका छन । सडकको स्तरोन्नतीका लागि मात्रै नगरले करिब १५ करोड बजेट सडक निर्माणमा खर्च गरेको छ । सडक बनेपछि करिब ८० प्रतिशत नागरिकले यातायात सेवा उपभोग गर्न पाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । सोही गाउँपालिकाले ५४ किमि नयाँ सडक बनाएको छ । त्यसमध्ये ४३ किमिमा गाडी गुड्न थालेका छन भने पालिकाले १५ करोड भन्दा बढी बजेट सडक निर्माणमै लगानी गरेको छ । यता सडक निर्माणले उच्च गति लिई रहेको बेला कृषि क्षेत्रमा भने अरबौ मुल्यका खेतीयोग्य भुमी कटान हुदै गएको सरोकावालाहरुले बताएका छन ।।


