- Loading...
आत्मनिर्भर बन्न कृषिमा अनुदान, तरकारी तथा खाद्यान्न उत्पादनमा प्रदेश ५ को लगानी
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

प्रदेश ५ लाई कृषिमा आत्मनिर्भर बनाउने योजनाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न कार्यक्रम र अनुदान योजना अघि बढाएको छ । दूध, अण्डा र मासुमा ३ वर्षभित्र र तरकारी तथा अन्य मसलाजन्य उत्पादनमा ५ वर्षभित्र प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याएको छ । आत्मनिर्भर योजनाको लक्ष्य प्राप्तिका लागि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, कृषि तथा पशु विषय अध्ययन गरेका युवालाई उद्यमशीलता विकास अनुदान, चक्लाबन्दीसहितको नमुना फार्म स्थापना गर्ने योजना मन्त्रालयले बनाएको छ । त्यस्ता अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६ करोड रुपैया विनियोजन गरेको छ । सोही अनुसार अनुदानको मापदण्ड पनि तोकेको छ । आलु, प्याज, तरकारी, फलफूलतर्फ प्रतिकेजी २ रुपैयाँ अनुदान निर्धारण गरेको मन्त्रालयले जनाएको छ । अनुदानका लागि गतवर्षको कात्तिकदेखि चालु वर्षको असोजसम्म कम्तीमा एक मेट्रिन टन उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ । सहकारीको हकमा ५० टन बढी उत्पादन हुनुपर्ने मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो । यता तरकारी खेतीमा उत्पादन गर्न समेत अनुदान दिने भएपनि खाद्यान्न बालीमा बिउमा मात्र अनुदान दिने बताएको छ । खाद्यान्न बिउमा प्रतिकेजी ८ रुपैयाँका दरले किसानले अनुदान पाउने व्यवस्था गरेको छ ।।


