FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाहको काममा तीव्रता,६ महिनापछि सञ्चालन हुने तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३४ पटक पढिएको
    चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाहको काममा तीव्रता,६ महिनापछि सञ्चालन हुने तयारी

    काठमाडौँको चोभारमा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय स्तरको काठमाडौं सुक्खा बन्दरगाह आगामी भदौभित्रै तयार हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले लामो समयदेखि अलपत्र परेको हिमाल सिमेन्ट कारखानाको जग्गा उपयोग गर्दै सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो । मन्त्रालयका सहसचिव तथा समितिका कार्यकारी निर्देशक नवराज ढकालले अहिलेसम्म सुक्खा बन्दरगाह निर्माण कार्य ४५ प्रतिशत सम्पन्न भइसकेको बताउनुभयो । केही समय अघि स्थानीयको अवरोधले काममा गति लिन सकेको थिएन । तर स्थानीयसँग सहकार्य गरी अघि बढेसँगै अहिले बन्दरगाह निर्माणले गति लिएको छ । कार्यकारी निर्देशक ढकालले आगामी ६ महिनभित्र बन्दरगाह तयार हुने दावी गर्नुभयो । समितिका अनुसार बन्दरगाहको मुख्य संरचना भवन, आवासगृह, प्रशासकीय भवन लगायत निर्माण कार्य भइरहेको छ । भवनसँगै जोडिएको पर्खाल पनि निर्माण भइरहेको छ । सरकारले काठमाडौंको भृकृटीमण्डपमा रहेको प्रदर्शनी केन्द्र साँघुरो भएको भन्दै आर्थिक वर्ष २०७०÷०७१ को बजेट वक्तव्यमा हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो । आठ सय १६ रोपनी जग्गामध्ये झन्डै दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह र बाँकी जग्गामा प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना छ । सरकारले विश्व बैंकबाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन लागेको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित