FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अतिप्रभावित मुलुकबाट आयतित बस्तुमा रोक,क्वारेन्टाइनमा कडाई गर्न मन्त्रालयको निर्देशन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    अतिप्रभावित मुलुकबाट आयतित बस्तुमा रोक,क्वारेन्टाइनमा कडाई गर्न मन्त्रालयको निर्देशन

    कोरोना भाइरसबाट अतिप्रभावित मुलुकबाट खाद्यान्न र पशुपन्छीजन्य वस्तु आयातमा रोक लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी उक्त व्यवस्था गरेको हो । मन्त्रालयले भाइरसको अत्यधिक संक्रमण भएका चीन, दक्षिण कोरिया, इटली, जापान र इरानबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तु आयात सिफारिस दिने कार्यमा रोक लगाएको छ । अतिप्रभावित पाँच मुलुकबाहेक सम्पूर्ण मुलुकबाट पशु तथा पशुजन्य, विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिसमा मन्त्रालयले रोक लगाएको उपसचिव गंगादत्त आचार्यले जानकारी दिनुभयो । कोरोना भाइरसबाट अतिप्रभावित मुलुकबाट त्यस्ता वस्तु आयात सिफारिस प्रदान गर्ने कार्य तत्कालका लागि स्थगित गरिएको छ । उपसचिव आचार्यका अनुसार अन्य प्रभावित मुलुकबाट आयात हुने वस्तुको हकमा भने जोखिम अवस्थाको विश्लेषण गरी आवश्यकताका आधारमा क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्रै मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ । संक्रमित मुलुकबाट आयात इजाजतपत्र नलिइ आयात गरिएका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको कन्साइनमेन्टलाई नष्ट गर्न मन्त्रालयले निर्देशन दिएको छ । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट तथा निसंक्रमणमा प्रयोग हुने भिर्कोन लगायत स्पे्रयरको व्यवस्थापन पशु सेवा विभागबाट व्यवस्था मिलाइएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित