- Loading...
कालिकोटका भेडाबाख्रा पाल्नेलाई गोठालो भत्ता, स्थानीय किसानलाई पशुपालनमा उत्साह
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

कालिकोटको पचालझरना गाउँपालिकाले भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालेको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै उनीहरुको आयस्तर वृद्धि गर्न भत्ताको व्यवस्था गरेको हो । गाउँपालिकाले ५५ देखि ९९ वटासम्म भेडा–बाख्रा भएकालाई मासिक एक हजार, एक सयसम्मलाई दुई हजार र त्यसभन्दा बढि संख्यामा भेडाबाख्रा भएका किसानलाई थप भत्ताको व्यवस्था गरेको छ । भेडा पाल्ने व्यवसायिक किसानलाई प्रोत्साहन गर्न, उनीहरुको आम्दानीमा वृद्धि गर्न र पालिकलाई मासुमा आत्मनिर्भर बनाउन भत्ताको व्यवस्था गरिएको गाउपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो । अहिले गाउँपालिकाभित्र भेडा–बाख्रा पाल्नेको संख्या ५१ छ । ६० भन्दामाथि भेडा–बाख्रा भएका किसानको संख्या भने ४४ छ र एक सयमाथि पाल्नेको संख्या सात रहेको छ । अध्यक्ष सेजुवालका अनुसार गाउँपालिकामा सबैभन्दा धेरै भेडा–बाख्रा पाल्ने विष्णुबहादुर शाही हुन । उहाको फार्ममा यतिबेला दुई सय ५५ भेडा–बाख्रा रहेका छन । अब किसान शाहीले मासिक चार हजार भत्ता पाउने बताइएको छ । सरकारले भत्ता दिन थालेपछि व्यवसायलाई थप विस्तार गर्ने शाहीको भनाई छ । किसानलाई कृषि क्षेत्रमा काम गरेबापत सरकारले भत्ता दिएसगै आफुहरुलाई थप उर्जा मिलेको स्थानीयको भनाई छ । कतिपय थोरै संख्यामा पशुपालन गर्ने किसानले पनि भत्ताको व्यवस्थाले व्यवसाय विस्तार गर्ने तयारीमा जुटेका छन ।।


