FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तेह्रथुममा उत्पादित अम्लिसोको मूल्यमा बृद्धि, ग्रामीण भेगका किसानलाई उत्साह

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    तेह्रथुममा उत्पादित अम्लिसोको मूल्यमा बृद्धि, ग्रामीण भेगका किसानलाई उत्साह

    निरन्तर मूल्यमा गिरावट आएको अम्लिसोले मूल्य पाउन थालेपछि तेह्रथुमका किसान खुसी भएका छन् । राम्रो मूल्य पाउने आशाले खेती विस्तार गर्दै आएका किसान अम्लिसोको मूल्यमा केही वर्ष गिरावट आएपछि निराश बनेका थिए । बाझो, पाखाबारी तथा खेतीयोग्य जमिनमा समेत खेतीलाई बिस्तार गरी व्यावशायिक रुपमा उक्त खेतीमा हौसिएका किसानलाई बिगतका केहीवर्ष सकस बनेको थियो । किसानले उत्पादन गरेको अम्लिसोको मूल्यमा गिरावट आएपछि गाईभैसीको घाँसमा मात्रै सिमीत बनेको थियो । पछिल्लो समय अम्लिसोको मूल्यमा सुधार आएपछि यतीबेला किसानहरुमा खुशी थपिएको छ । उनीहरुले उत्पादन गरेको अम्लिासोको फुल खरिदका लागी ब्यापारीहरु घरमै पग्न थालेका छन । मूल्यमा सुधार आएपछि अम्लिसो बिक्रीबाट यसवर्ष राम्रो आम्दानी लिएको जिल्लाको छथर गाउँपालिका २ का ज्ञानेन्द्र लिम्बुले बताउनुभयो । अम्लिसोको फुल कुच्चोको लागी प्रयोग हुदै आएको छ । पुर्बी पहाडमा उत्पादन भएको अम्लिसोको फुल तराईका बिभीन्न बजारका साथै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ । गतवर्ष १५ रुपैयाँमा पनी बिक्री नभएको अम्लिसो यतीबेला ७० रुपैया प्रतिकिलो घरबाटै ब्यापारीहरुले खरिद गर्दै आएका छन । जिल्लाको ग्रामिण क्षेत्रका किसानहरु पछिल्लो समय नगदेबालीलाई मुख्य आम्दानीको श्रोतको रुपमा लिन थालेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित