FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आयात गर्न अयोग्य चिनी भन्सारबाटै भित्रियो, अबैध आयतमा भन्सार प्रमुखकै मिलेमतो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    आयात गर्न अयोग्य चिनी भन्सारबाटै भित्रियो, अबैध आयतमा भन्सार प्रमुखकै मिलेमतो

    खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरीले आयात गर्न अयोग्य भनेको चिनी भन्सारबाटै नेपाल भित्रिएको छ । त्यसरी भित्रिएका तीन ट्रकमा ७२ टन चिनी रहेको पाइएको छ । आयात गर्न अयोग्य भनेको चिनी नेपाल भित्रिएको सूचना उपभोक्ता हित संरक्षण मञ्च, नेपाल मकवानपुरको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय, पथलैयाले चिनी लोड भएका ट्रक नियन्त्रणमा लिएको हो । प्रमाणीकरण कार्यालयले फेब्ु्रअरी २०२० मै म्याद गुज्रेको भन्दै जलेश्वर भन्सार कार्यालयलाई गत फागुन २५ गते पत्र पठाएको थियो । गुणस्तर प्रमाणीकरण कार्यालयले म्याद गुज्रेको र अखाद्य भनी पत्र बुझाउँदा समेत भन्सार प्रमुखले नेपाल भित्राउन सहयोग गरेको देखिएको छ । उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष मदनप्रसाद रिमालका अनुसार भन्सार प्रमुख कै मिलेमतोमा गाडी छाडेको पाइएको छ । उक्त पक्राउ परेका तीनवटै ट्रक अहिले पथलैयास्थित चेकपोस्टबाट राजस्व अनुसन्धान कार्यालय, बाराले नियन्त्रणमा लिएको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित