
- Loading...
तेस्रो राष्ट्रिय कृषि संचार गोष्ठीको आयोजना हुने
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

नेपाल कृषि अनुसन्धान परिषद्को संचार, प्रकाशन तथा अभिलेख महाशाखाले प्रत्येक दुई वर्षमा कृषि वैज्ञानिक र सञ्चारकर्मीसँग कृषि सम्बन्धि बृहत सञ्चार गोष्ठीको आयोजना गर्दै आएको छ । ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्को कार्यालयमा तेस्रो राष्ट्रिय कृषि संचार गोष्ठीको आयोजना गरेको हो । आयोजित विचार गोष्ठी कार्यक्रममा संचारकर्मी र नार्कका कृषि वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गरेका हुन् । कृषि टेलिभिजनकी स्टेसन म्यानेजर लक्ष्मी चौधरीले नेपालमा कृषि टेलिभिजनको महत्व र औचित्य, कान्तिपुर टेलिभिजनका सुमन पन्थले टेलिभिजन र कृषि, उज्यालो एफएमका मिलन तिमिल्सीनाले रेडियोमा कृषि श्रोता, हलो खबर अनलाईनका मनोज श्रेष्ठले कृषिमा अनलाईन मिडिया र आजको आवश्यकता, गोरखापत्रका सुरेश यादबले नेपाली छापामा कृषिको स्थान, प्राथमिकता र चुनौती, कारोबार दैनिकका किरण आचार्यले कृषि विकासमा आम संचारको महत्व र आजको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कृषि प्रविधि प्रशारणका चुनौती तथा अवसरहरु विषयमा कृषि सुचना तथा प्रशिक्षण केन्द्रका डाक्टर श्रीराम घिमिरे, कृषि संचार र आजको आवश्यकता विषयमा बरिष्ठ कृषि विज्ञ भोलामानसिंह बस्नेतले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कृषि प्रविधि विस्तारमा नेपाल कृषि अनुसन्धान परिषद्को भूमिका र संघिय प्रणालीमा प्रविधि विस्तारको कार्यदिशा विषयमा डाक्टर ताराबहादुर घिमिरे, नेपालमा पशुपालनको पहिलेको अवस्था हालको स्थिति र भावी रणनीति विषयमा डाक्टर मेघराज तिवारी, नेपालमा खाद्यान्न बालीको पहिलेको स्थिति हालको स्थिति र भावी रणनीति विषयमा डाक्टर धु्रबबहादुर थापा, प्रविधि विस्तारमा संचार प्रकाशन तथा अभिलेख महाशाखाको भुमिका र विभिन्न कृयाकलापहरु विषयमा मनोज कुमार ठाकुरले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।।


