- Loading...
मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सामान्य
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

मृर्गौला प्रत्यारोपणको नवौं दिन प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बिहीवार अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताउनुभएको हो । प्रत्यारोपणपछि गरिने परीक्षणहरूलाई निरन्तरता दिइएको र प्रधानमन्त्री ओलीका भाइटल तथा ल्याब सूचकहरू सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक खड्गाले बताउनुभयो । प्रधानमन्त्री ओलीले नियमित खाना खाइरहेको पनि उहाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको पिसाबमा संक्रमणको आशंका देखिएपछि बुधवार परीक्षण गरिएको थियो । सोही कारण उहाको डिस्चार्ज ढिला गरिएको अस्पताल स्रोतले बताएको थियो । तर परीक्षणमा कुनै खराबी नदेखिएपछि अहिले नै डिस्चार्ज गर्ने अवस्था नरहेको डा. खड्गाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अहिलेसम्म ओलीलाई चिकित्सक बाहेक किड्नी दान गर्ने उहाकी भान्जी समीक्षा संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्य गरी दुई जनाले मात्र भेटेको जानकारी दिनुभयो । केहि दिन अघि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको पुन मृगौला प्रत्यारोपण गरिएको थियो ।।


