FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना भाइरसको तयारी पूर्ण रुपमा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराए

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    कोरोना भाइरसको तयारी पूर्ण रुपमा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराए

    कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला त्यसको तयारी पूर्ण रुपमा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समय माग गर्दै सांसदहरुले विश्वभर फैलिएको संक्रमणबाट जोगिन सरकारले पुर्वतयारीमा जोड दिन आग्रह गरेका छन । राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसद प्रकाश पन्थले कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला सरकारले तयारी नगरेकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेकाले समयमै सतर्क हुनुपर्ने उहाँको भनाइ थियो । तनहुँमा चितुवा आक्रमणले दुई वर्षभित्र नौ बालबालिकाको निधन भएकाले समस्या समाधान गर्न पनि उहाँले माग गर्नुभयो । बुधबार बेलुकी पनि एक बालकलाई ३० मिटरसम्म चितुवाले घिसार्दा आमाले बचाएको सांसद पन्थले जानकारी गराउनुभयो । चितुवाको आक्रमणबाट भानु नगरपालिकाका बालबालिकाको निधन भएको हो । शुक्लागण्डकी नगरपालिका लगायत स्थानीय तहका बालबालिकालाई चितुवाले आक्रमण गर्ने गरेका छन् । यस्तै सांसद देवेन्द्र दाहालले झापाको दमक मालपोत कार्यालयमा कर्मचारी अभाव हुँदा जग्गापासका लागि जनताले दुःख पाइरहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद गङ्गा बेल्वासेले आठ मार्चमा मनाइने श्रमिक महिला दिवस औपचारिकतामा मात्र सीमित भएकाले त्यसो हुन नदिन माग गर्नुभयो । बैठकमा ‘अध्यागमन विधेयक २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । सोही बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘प्रमाण विधेयक २०७५, ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र ‘राष्टिय खेलकूद विकास विधेयक २०७५’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । साथै बैठकले पहिलो संविधान सभाका सदस्य धर्म घिमिरेको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित