FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका योजना सार्वजनिक

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका योजना सार्वजनिक

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको छ । विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारीको अवधिभर बन्द गर्ने योजना सरकारले बनाएको जानकारी दिनुभयो । सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको, हब तथा स्याटालाइट अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । त्यस्तै प्रादेशिक अस्पतालहरुबाट समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरि राखिएको, विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । यस्तै आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको मन्त्रालयले जनाएको छ । उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा उल्लेख गरिए अनुसार ‘पकेट एरिया लक डाउन’ गर्ने जनाएको छ । त्यसमा पनि बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश समेत रहने छन् । त्यस्तै कोरोना प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने रणनीति सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाइएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको मन्त्रालयले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित