FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विदेशको पुँजीले स्वदेशमा उद्यमी, नवलपरासीका युवाहरुले कृषि उत्पादनमा लगानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३२ पटक पढिएको
    विदेशको पुँजीले स्वदेशमा उद्यमी, नवलपरासीका युवाहरुले कृषि उत्पादनमा लगानी

    वैदेशिक रोजगारीमा गएका युवाले पैसा मात्र पठाएका छैनन् कतिपयले विदेशबाट कमाएर ल्याएको पैसा जम्मा गरी स्वदेशमै उद्यमी बनेका छन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्केसँगै नवलपरासी सुनवलका युवा उद्यमी तेजनारायण सापकोटा स्वदेशमै सफल उद्यमी बन्नुभएको छ । तेजनारायण सापकोटा र उहाँका भाइ कृष्णधर सापकोटाले यसअघि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा २० वर्ष बिताउनुभएको थियो । होटल, रेस्टुरेन्ट, प्राइभेट कम्पनी लगायतका विभिन्न स्थानमा काम गरी फर्कनुभएका सापकोटा दाजुभाइले नेपालमा नै उद्योग खोल्ने योजना बनाएको जानकारी दिनुभयो । उनीहरुको सापकोटा कृषि तथा पशुपालन फार्ममा अहिले गाई र भैँसी गरी १५ वटा दुधाला बस्तु छन् । उनीहरुले विदेशमा कमाएको १८ लाख रुपैयाँ लगानी गरी सुनवलको बडेरामा व्यवसाय स्थापना गरेकोमा हो । सोही उद्योगलाई अझै लगानी थप गरी व्यवस्थित बनाउने योजनामा रहेको उनीहरुको भनाई छ । उक्त फार्ममा सापकोटा दुईभाइसहित स्थानीय ६ जनाले रोजगारी समेत पाएका छन् । फार्मबाट दैनिक चार हजार लिटर दूध उत्पादन हुँदै आएको बताइएको छ । यस्तै सुनवल ४ स्थित मणि पशुपालन फारम एवं मणि दूध डेरी उद्योगका सञ्चालक वेदमणि पौडेलले पनि दुग्ध उद्योग सञ्चालनका लागि वैदेशिक रोजगारीबाट जम्मा गरेको पुँजी प्रयोग गरेको बताउनुभएको हो । उक्त डेरी उद्योगमा सञ्चालक पौडेलसहित कपिल पौडेल र घनश्याम पौडेलले १५ वर्ष विदेशमा कमाएको पैसा लगानी गर्नुभएको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित