FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाहिर हल्ला भए जस्तो ग्यासको अभाव नभएको स्पष्ट

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    बाहिर हल्ला भए जस्तो ग्यासको अभाव नभएको स्पष्ट

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बाहिर हल्ला भए जस्तो ग्यासको अभाव नभएको स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभागले यस्तो बताएको हो ।विश्व उपभोक्ता दिवसका बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बिभागले बिभिन्न स्थानमा अनुगमन गर्दा ग्यासको अभाव नदेखिएको बताउनुभयो । उहाले भारतबाट नेपाल आउने ग्यास बाहेक अत्यावश्यक बस्तु निर्वाध रुपमा आइरहेको स्पष्ट पार्नुभयो । महानिर्देशक सुवेदीले अहिले कारोनाको त्रासका कारण खाद्यान्न बस्तुको मौज्दात नराख्न पनि आग्रह गर्नुभयो । त्यस्तै उहाले उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशिलता’ भन्ने नाराका साथ आगामी चैत २ गते विश्व उपभोक्ता दिवस मनाउने जानकारी दिनुभयो । कोरोना भाइरसको कारण सर्तकता अपनाउँदै दिवसको अवसरमा सानो सचेतनामुलक कार्यक्रम मात्र गर्ने उहाले जानकारी दिनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित