FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गोठ सुधारमा आधारित अनुदान कार्यविधी स्वीकृत

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    गोठ सुधारमा आधारित अनुदान कार्यविधी स्वीकृत

    व्यावसायिक किसानलाई उत्पादनमुखी तथा निर्वाहमुखी पशुपालकलाई व्यावसायिक बनाउने र त्यस्ता किसानलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित विदुर नगरपालिकाले गोठ सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत गरेको छ । नुवाकोटको विदुर नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रममा गाईभैसी गोठ सुधार, बंगुरको खोर सुधार, कुखुरा खोर सुधार र प्रजननयोग्य बोयर बोका वितरण गरी किसानलाई व्यावसायिक पशुपालनतर्फ जोड दिन उक्त कार्य्विधि ल्याइएको हो । नगरपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यले १३ वटै वडामा लागू हुने गरी नगर कार्यपालिकाको बैठकबाट उक्त कार्य्विधि छैटौं नगरसभाबाट स्वीकृत गरेको छ । सोही कार्यक्रमले नगरपालिकाको सबै वडामा छनौट भएका व्यावसायिक पशुपक्षी फार्मलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरिने मेयर सञ्जु पण्डितले बताउनुभयो । मेयर पण्डितका अनुसार अनुदान रकम सम्बन्धित फार्मको खातामा पठाइने छ । अनुदान रकम अन्तर्गत गाइभैसी गोठ मर्मत सुधारका लागि प्रतिफर्म एक लाख, बाख्रा खोर सुधारका लागि ८० हजार, कुखुरा, बंगुर तथा कालिजको खोरका लागि प्रतिफार्म ५० रुपैयाँ प्रदान गरिने नगरपालिकाले बताएको छ । प्रजननयोग्य बोयर बोकाको हकमा भने निश्चित मूल्यको २५ प्रतिशत रकम सम्बन्धित फार्मको किसानले तिर्नुपर्ने नगरपालिकाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित