FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारी हाइड्रोपावरले जग्गाधनीलाई मुआव्जा वितरण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    सरकारी हाइड्रोपावरले जग्गाधनीलाई मुआव्जा वितरण

    डोल्पाको जगदुल्ला हाइड्रोपावर निर्माण क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण गर्न थालिएको छ । एक सय ६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण हुने पक्का भएपछि जग्गाधनीलाई एकमुष्ठ मुआब्जा वितरण गर्न थालिएको हो । जगदुल्ला गाउँपालिकाको १ र २ वडाका हुरिकोट र काइगाउँमा हाइड्रोपावरको ड्याम बन्ने छ भने मुड्केचुला गाउँपालिका ४ इलमा जमिनमुनि नहर निर्माण गरिने भएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई मुआव्जा वितरणपछि आयोजनाको काम तीव्र रूपमा सञ्चालन हुने आयोजना प्रमुख सञ्जयकुमार सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार जगदुल्लाको काइगाउँमा एक सय ८१ रोपनी र मुड्केचुलाको इल गाउँमा ७७ रोपनी गरेर आयोजनाका लागि कुल दुई सय ५८ रोपनी जग्गा अधिग्रहण गरिएको हो । प्रतिरोपनी जग्गाको पाँच लाख पाँच हजारका दरले मुड्केचुलाको इल गाउँका जग्गाधनीलाई एकमुष्ठ मुआव्जा वितरण गरिएको छ । मुड्केचुलाको इलमा मात्रै मुआव्जा स्वरूप जग्गाधनीलाई कुल तीन करोड ९८ लाख रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । एक औपचारिक कार्यक्रमबीच बिहीबार जग्गाधनीलाई रकम हस्तान्त्रण गरिएको छ । एकमुष्ठ मुआव्जा रकम पाएपछि जग्गाधनी खुसी भएका छन । करिब २२ अर्बको लगानीमा नेपाल सरकारले हाइड्रोपावर बनाउन लागेको हो । त्यस आयोजना निर्माणपछि डोल्पासँगै कर्णालीकौ आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित