- Loading...
झापाका किसान रबरखेतीमा लोभिदै
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

झापामा पछिल्लो समय धान र सुपारीपछि रबरखेती फस्टाउँदै गएको छ । खेती फस्टाउँदै गएसँगै किसानले उक्त खेतीलाई अन्य बालीसँग जोडेर संयुक्त बोर्ड गठन गर्न माग गरेका छन् । स्थानीय किसानले बोर्ड नहुँदा रबरको खेतीयुक्त जमिनको पहिचान हुन नसकेको तथा तालिम र बिमाको व्यवस्था नहुँदा खेतीमा समस्या हुने गरेको गुनासो गरेका छन । उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामा त्यस्ता विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । गोरखामा २०४१ सालमा गोरखकाली रबर उद्योग स्थापना भएपछि रबरखेती हुन थालेको हो । झापामा हाल मासिक १० टन रबर उत्पादन हुने गरेको व्यावसायीहरुले बताएका छन । २०४८ सालदेखि जिल्लामा उक्त खेती सुरु भएको बताइएको छ । जिल्लाका करिब २ सय बढी किसान सोही खेतीमा आबद्ध छन् । तत्कालीन शनिश्चरे गाविस–३ बाट सुरु भएको खेती हाल धाईजन, खुदुनाबारी, बुधबारे, शनिश्चरे, पृथ्वीनगर, राजगढ, घेराबारी, भद्रपुर, र सुरुङगामा विस्तार गरिएको साना किसान प्राकृतिक रबर उत्पादक संघले जनाएको छ । रबरको एउटा रूखले ३५ वर्षसम्म निरन्तर चोप दिदै आएको व्यवसायीहरुको भनाई छ । चोप दिन छाडेपछि उक्त रूखलाई बिक्री गर्दा त्यसको पनि मूल्य राम्रो पर्ने भद्रपुरका रबर कृषक ईश्वरी तिमिल्सिनाले बताउनुभयो । यता नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको रबर आवश्यक भएपनि स्वदेशी उत्पादनले पाँच प्रतिशत मात्र बजार ओगटेको छ । रबरको बिरुवा लगाएको ७ वर्षपछि मात्र चोप दिन सुरु गरेपनि लामो समयसम्म आम्दानी दिने भएकाले किसान त्यसखेतीतर्पm आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले जानकारी दिनुभयो ।।


